Section 6
आयोगको अवहेलना :
यस ऐन बमोजिम गठित आयोगले आफनो अवहेलनामा कारवाई चलाउन सक्नेछ र आयोगको अवहेलना ठहराएमा रु. ५००।– सम्म जरिवाना गर्न
सक्नेछ । तर आयोगलाई सन्तोष हुने गरी अभियुक्तले क्षमायाचना गरेमा निजलाई आयोगले माफी दिन वा सजाय तोकिएको भए सो सजाय माफ गर्न सक्नेछ ।